आज: 

प्रकाश सपूत र केकी अधिकारीको आफ्नै अभिनयमा नयाँ गीत (भिडियो हेर्नुहोस् )

१८ आश्विन २०७७, आईतवार १३:४१ मा प्रकाशित ( हफ्ता अघि) १८८९ पाठक संख्या

काठमाडौं / नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अभिनित गायिका अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा रहेको ”ए माइली” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ ।

रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफ्नी मायालुलाई भुल्न नसक्ने कुरा लाई गीतमा ब्यक्त गरिएको छ । कृष्ण विश्वकर्माको एरेन्ज तथा खड्ग बाजुरालीको मिक्सिङ गीतमा छ ।

शुशिल डाँगीको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा पछिल्लो समयमा चर्चाको शिखरमा रहेका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”ए माइली” गीतको भिडियोमा बालकलाकारको रुपमा अनुरोध थापा र न्यायधिष विक्रम शाहीको अभिनय रहेको छ ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //


सम्बन्धित खबरहरु