आज: 

गायक हेमन्त कान्छा रसाइलीको स्वरमा”तिमीलाई सन्देश”

१८ आश्विन २०७७, आईतवार ०७:१९ मा प्रकाशित ( हफ्ता अघि) ३६१ पाठक संख्या

काठमाडौँ । गायक हेमन्त कान्छा रसाइली को स्वर रहेको “तिमीलाई सन्देश” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ध्रुब प्रसाद अमगाईको शब्द शृजनामा संगीतकार सुनिल मास्केको संगीतमा तयार भएको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो चर्चा सुरु भएको छ ।

लामो समयदेखि परवासमा रहेर पनि गीत संगीत र साहित्य शृजनामा सक्रिय गीतकार अमगाईले सार्वजनिक गीतमा यथार्थपरक र अत्यन्तै फरक सामाजिक परिवेशको कथालाई समेटेर तयार पारेको गीतको भिडियो सार्वजनिक गरेको १ दिनमा नै  ९० हजार बढी दर्शकले हेरिसकेका छन् ।

परदेशी छोरा र श्रीमानको वियोगमा मानसिक पीडा भोगिरहेका बाबुआमा र पत्नीको अवस्थालाई दशैं, तिहार र को’रोना माहामा’री सँग जोडेर थप कारुणिक ढङ्गमा गीत प्रस्तुत गरिएको गीतकार अमगाईले बताए । गीतमा प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

हेमन्त कान्छा रसाइली र रेनु पुनको अभिनय रहेको उक्त गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् भने निश्चल पौडेलले खिचेका हुन् । भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आएको निर्माण यूनिटले जनाएको छ ।


सम्बन्धित खबरहरु