सुबिन अधिकारी //
नेपालीहरुको महान चाड बडा दशैँ र शुभ दिपावली नजिकिदै आयको छ। बिस्वनै महामारीको चपेटामा परिरहेका बेला यसपालिको धेरै जसो चाडबाड घरमै बसेर मनाउन सरकारको आग्रह रहेको छ। लकडाउनको बावजुद पनि दशैँ गितहरु बजारमा सार्बजनिक हुने क्रम बढिरहेको छ।
बहुचर्चित गायक प्रकास सपुत र गायिका सम्झना भण्डारीको सुमधुर आवाजमा प्रतिभाशाली सर्जक शिब हमालको लय तथा शब्द सिर्जनामा उनी गायिका सम्झना भण्डारीको दशैँ गित दशैँ आउदा रमाइलो बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ प्रकाश भट्टको निर्देशन रहेको छ भने हरिश महराको छायांकन रहेको छ र बिष्णु शर्माको उत्क्रिष्ट सम्पादन रहेको छ। उक्त दशैँ गीतमा प्रकाश सपुत , रन्जिता गुरुङ र सम्झना भण्डारीको अभिनय रहेको छ। उक्त गीतलाई सम्झना भण्डारीको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।