आज: 

`डान्सिङ विथ दि स्टार्स´मा ज्योति मगरले अहिलेसम्मकै धमाकेदार अभिनय गरेपछि सबैले गरे तारिफ नै तारिफ {भिडियाे सहित}

१४ आश्विन २०७७, बुधबार १७:१४ मा प्रकाशित ( हफ्ता अघि) १२८३ पाठक संख्या

`डान्सिङ विथ दि स्टार्स´मा ज्योति मगरले अहिलेसम्मकै धमाकेदार अभिनय गरेपछि सबैले गरे तारिफ नै तारिफ {भिडियाे सहित} । चर्चित गायिका तथा मोडल ज्योती मगर यतिबेला फेरी एक पटक चर्चामा आएकि छिन् । सँधै हँसाएर र हंगामा गरेर चर्चामा आइरहने ज्योती यतिबेला भने उनले प्रस्तुत गरेको एउटा भावुक बनाउने प्रस्तुतीका कारण चर्चामा छिन् ।।

चर्चित गीतकी हट गायिका ज्योती सरहकै अन्य १० जोडीबिच गरिएको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’ को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भएका शृखलामा ज्योती र उनका कोरियोग्राफर लाउरेले नजाउन निरमाया माया मारेर बोलको गीतको प्रस्तुती सबैको रोजाइमा पर्यो । हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै रियालिटी शोको प्रिमियरबाट नै चर्चामा आएको छ ।।

शोले पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गर्दा शनिबार सार्वजनिक ज्योतीको नृत्यले अरु त अरु निर्णायकमा अभिनेता दीलिप रायमाझी, अभिनेत्रत्री गौरी मल्ल र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईका आँखा समेत रसाए । ज्योतीको प्रस्तुती हेरिसकेपछि निर्णायकहरुले प्रतिक्रिया दिँदा उनीहरुका आँखा रसाइरहेका थिए । अभिनेता दीलिप रायमाझी, अभिनेत्रत्री गौरी मल्ल त भक्कानिएको स्पष्ट देख्न सकिन्थ्यो ।।

रियालिटी शोको पहिलो भागमा फुटबल खेलाडी हरि खड्काले आफ्नो कोरियोग्राफर पार्टनर यूवी बलामीसँग नृत्य प्रस्तुत गरेका थिए । यस्तै, उमेश राई र प्रमोद भण्डारी, रक्षा श्रेष्ठ र सरोज मोक्तान, देवान्सी वैद्यवार र सिद्धार्थ श्रेष्ठ, श्रृष्टी केसी र केशव थापाले आफ्नो नृत्य प्रस्तुत गरे ।।

यस्तै, दोश्रो भागमा गायक बुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केबिका खत्री, दीपा–दमन्ता र सुरेल बिके, पूजा ठाकुर र राजिव समर, प्रशान्त ताम्राकार र स्वेता
योञ्जन, सुमी मोक्तान र विजु पार्थी, ज्योती मगर र लाउरेले आफ्नो प्रस्तुति दिएका थिए । यति धेरै कलाकारकोबीचमा गायिका ज्योती मगरको प्रस्तुतीले सबैको मनलाई रुवायो । एक समसामयिक कथा बोकेको गीतमा गरेको उनको अभिनयका कारण गायिका ज्योतीको चर्चा सर्वत्र चुलिएको छ । हेर्नुहाेस् भिडियाेमा :-

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //


सम्बन्धित खबरहरु