आज: 

पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन,जन्मदिन भब्य रूपमा मनाइने

१४ आश्विन २०७७, बुधबार ११:४७ मा प्रकाशित ( हफ्ता अघि) २४५ पाठक संख्या

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह को आज जन्मदिन परेको छ । आजकै दिन १९७६ मा भारतको राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४५ औं वर्षमा प्रवेश गरेकी छिन् ।

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको यही असोज १५ गते ४५ औं जन्मदिन भब्य रूपमा मनाइने भएकाे छ । उक्त अवसरमा विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।

नीहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका रहेका छन् । पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समाजसेवामा पनि पाइला चालेकी छिन् ।

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको यही असोज १५ गते ४५ औं जन्मदिन भब्य रूपमा मनाइने भएकाे छ । उक्त अवसरमा विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।

Himani Shah

जन्मोत्सवका लागि पूजाको मुख्य ब्यवस्थापक राधेश्याम थापा रहेको बताइएको छ ।इन्दिरा अर्याल, केशरी श्रेष्ठ र उर्मिला भण्डारीको सौजन्यमा विभिन्न मन्दिरमा बाहिरबाटै पूजाआजा र अनुष्ठानहरू गरिने भएको छ ।

को’भिड–१९ का कारण मन्दिरहरू बन्द भएकाले बाहिरबाटै पूजा–अर्चना गर्न लागिएको बताइएको छ । खुलेका मन्दिरहरूमा भने भित्रै गएर पूजा गरिने छ ।

राजा र राजसंस्थाका अनन्य भक्त राधेश्याम थापाका अनुसार कमलादी गणेशथान, वसन्तपुर कुमारी घर र पशुपतिनाथ लगायतका मन्दिरमा पूजाआजापछि फूल–प्रसाद निर्मल निवास पुर्याउने कार्यक्रम रहेको छ ।

जन्मोत्सव पूजाको क्रममा पूर्व युवराज्ञी हिमानीको सुस्वास्थ र अटल शौभाग्यको कामना गरिने भएको छ ।हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्व युवराज्ञी ट्रष्टमार्फत समाज सेवामा संलग्न छिन् ।

Himani Shah (1)

Himani Shah (1)


सम्बन्धित खबरहरु