आज: 

बहुचर्चित गायिका कल्पना दाहालको दशैं गीत बजारमा

१४ आश्विन २०७७, बुधबार १०:४६ मा प्रकाशित ( हफ्ता अघि) १३९९ पाठक संख्या

रमेश प्रसाई संगको लाईभ दोहोरीबाट चर्चामा आएकी बहुचर्चित गायिका कल्पना दाहाल को  “कोरोनाको दशैं”  गीत बजारमा सार्वजनिक भएको छ।

गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहाल को आवाजमा रहेको गीत “कोरोनाको दशैं”  गीतमा यादव देवकोटा ( सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वयम् कल्पना दाहाल र बुद्दि श्रेष्ठ को पनि अभिनय रहेको छ ।

दिनेश मुस्कान निर्देशित सो गीतमा शब्द नवदुर्गा पौडेलको छ भने संगीत बुद्धि श्रेष्ठको छ । “कोरोनाको दशैं”  गीतको भिडियो दिपज्योती नेपालबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !!

Corona Dashain Song

Corona Dashain Song


सम्बन्धित खबरहरु