आज: 

लोकप्रिय गायक राजेश पायल राईलाई जन्मदिनको शुभकामना !

१४ आश्विन २०७७, बुधबार १०:१९ मा प्रकाशित ( हफ्ता अघि) २४९ पाठक संख्या

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको आज जन्मदिन परेको छ ।पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो ।

उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन ! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ ।  उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो ।

उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन् । उनले २०६६ सालमा प्रसारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् ।

Rajeshh

Rajeshh

यसैगरी उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा सशक्त अभिनय चलचित्रहरूमा समेत अभिनय गरिसकेका छन् ।

२०४५ सालबाट नेपाली साङगीतीक क्षेत्रमा पाइला टेकेका उनले फैलियो माया दुबो सरी, बैगुनी रैछौ मायालु, दर्शन नमस्ते जस्ता कैयौँ हिट गीतहरु नेपाली सांगीतिक क्षेत्रलाई दिइसकेका छन् । अविबाहित गायकलाई जन्मदिनको लाखौँ लाख शुभकामना ।


सम्बन्धित खबरहरु