आज: 

अभिनेता सुशान्त सिंहले गरे आ’त्मह’त्या

३२ जेष्ठ २०७७, आईतवार १७:४३ मा प्रकाशित ( महिना अघि) ३५८ पाठक संख्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आ’त्मह’त्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा’सो लगाएर आ’त्मह’त्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आ’त्मह’त्याको कारण भने खुलेको छैन। भा’रतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अ’स्वस्थ महसुस गरिरहेका थिए ।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। कम उमेरमै बलिउडमा स्थापित ३४ वर्षीय सुशान्तले ‘पिके’, ‘केदारनाथ’, ‘एमएस धोनी’, ‘छिचोरे’ लगायत फिल्ममा सक्रिय भमिकामा थिए ।जी टिभीको चर्चित सिरियल ‘पवित्र रिस्ता’ मा सुशान्त आफ्नी पूर्वप्रेमिका अंकिता लोखन्डेसँग प्रमुख भूमिकामा थिए ।

पछिल्लो पटक उनले इन्स्टाग्राममा आमाको तस्बिर राखेका उनले किन आ’त्मह’त्या गरे त्यसको कारण खुलेको छैन ।राजपुतको श’वको पो’ष्टमार्टम रि’र्पोट भने आउन बाँकी छ ।


सम्बन्धित खबरहरु