आज: 

आज कुवेतबाट ११ जना बालबालिका सहित ३६६ जना नेपाली आउँदै, पहिलो जहाज उड्यो

२९ जेष्ठ २०७७, बिहीबार ०७:५९ मा प्रकाशित ( महिना अघि) ३९२ पाठक संख्या

दोहा ।कुवेतबाट अल जजिरा एयरवेजको पहिलो जहाज उडेको छ । लामो समय देखि कुवेत सरकारले दिएको आ’ममाफीको कारण आफ्नो आवास छोडेर से’ल्टरमा बसेका २९९१ जना नेपालीहरु मध्ये दुई जहाजमा ११ जना बालबालिका सहित ३६६ जना नेपाली महिलाहरु छन् ।पहिलो जहाज कुवेतको समय अनुसार बिहान ३ भनिए पनि ढिलो गरि ४ः२५ मिनेट जादा उ’डेको हो भने दोस्रो जहाज पनि केहि ढिलो गरि ६ बजे उडान गर्ने तयारीमा रहेको छ ।

अहिले दोश्रो जहाजको पनि बो’डिङ्ग भैरहेको छ ।आ’ममाफीमा सहभागी भएका र घ’रफिर्ती के’न्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची कुवेतस्थित नेपाली दूताबासले परराष्ट्रलाई बु’झाएको थियो । यसरी फ’र्काइने नेपालीहरुको नि’सुल्क रुपमा स्वास्थ परिक्षण गरि उडानको पनि नि’शुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ ।उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको से’ल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ ।

नेपालले अ’नुमति दिएमा कुवेत यसअघि नै पनि आ’ममाफीमा सहभागीलाई प’ठाई दिने भनेको थियो ।वि’विध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले दूतावासमा फा’रम भरेको दूताबास स्रोतले जनाएको छ ।अ’वैधानिक है’सियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फ’र्किनसक्ने सू’चनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छो’डेर स्वदेश फर्किने प्र’कृयामा सहभागी भएका थिए ।


सम्बन्धित खबरहरु