आज: 

२७ वर्षकी महिलाले जन्माइन् चौथो सन्तानको रुपमा तिम्ल्याहा

२१ जेष्ठ २०७७, बुधबार ०१:३७ मा प्रकाशित ( महिना अघि) ७६९ पाठक संख्या

धनगढी-धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा २७ वर्षीया महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन्। बझाङ झोताकी भगवती बिष्टले तिम्ल्याहा शिशु जन्माएकी हुन। बिष्टको यो चौथो डेलिभरी हो। यो भन्दा पहिले उनका तीन छोरीछोरी छन्।

सिजेरियन विधिबाट जन्माइएका तीन शिशु नै स्वस्थ रहेका छन्।बिष्टले जेठ १४ गते बिहान ६ बजे र एकमिनेटमा पहिलो शिशु, ६ बजे र दुई मिनेटमा दोस्रो र ६ बजेर तीन मिनेटमा तेस्रो शिशु जन्माएकी थिइन् ।

पहिलो शिशुको तौल २२०० ग्राम, दोस्रोको २२५० ग्राम र तेस्रो शिशुको तौल २०८० ग्राम थियो।हस्पिटलले पहिलो र दोस्रो शिशुलाई डिस्चार्ज गरिसकेको छ भने तेस्रो शिशुमा सामान्य समस्या भएकाले भोलिसम्ममा डिस्चार्ज गर्ने हस्पिटलले जनाएको भगवतीकी सासु जुनदेवीले बताइन्।

बरिष्ठ स्त्रीरोग बिषेशज्ञ डा.नजमुस्वा अन्सारी र उनको टिमले सिजेरीयन विधिबाट उनको बच्चा जन्माएकी हुन ।


सम्बन्धित खबरहरु