आज:
काठमाडौं, २० जेठ । नेपालमा भुसको आगो झै सल्किरहेको कोरोना संक्रमणको दर बढीरहेका बेला आज अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज फेला परेका २८८ संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । जसमध्ये २२१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको निधन भएको छ ।