काठमाडौं २६ माघ / चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो संस्करणको टप ४ मा पुगेर चर्चामा आएका गायक सागर आलेले गाएको “हात्ती ढुङ्गामा” बोलको गीत ट्रेन्डिङमा आएको छ ।चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ मा समावेस उक्त गीतमा गायक सागर आले र मेलिना राईले स्वर दिएका छन् ।
सागरले अहिलेसम्म धेरै गीत गाएका छैनन् तर, जति गायो त्यति चलेकै छ । चलचित्रमा उनलाई यो गीतले पनि केही हतसम्म अगाडि बढाउने अनुमान लगाउन सकिन्छ ।नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत-३’को पहिलो गीत छोटो समयमै ट्रेन्डिङ नम्बर १ मा आउन सफल भएको छ ।गत मंगलबार मात्रै ओएसआर मुभिजबाट सार्वजनिक गरिएको ‘हात्ती ढुङ्गामा’ गीतको भिडियो ट्रेन्डिङ नम्बर एकमा आउन सफल बनेको हो ।
रिलिजमा आएको २४ घण्टामै ‘हात्ती ढुङ्गामा’ गीतको भिडियोले ११ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइरहेको यस गीतको भिडियोले ६१ हजार भन्दा बढी लाइक्स पाइसकेको छ, भने सात हजार भन्दा बढी सकारात्मक कमेन्ट पाइसकेको छ ।सार्वजनिक ‘हात्ती ढुङ्गामा’ गीतलाई मेलिना राई र सागर आलेले स्वरबद्ध गरेका हुन् ।
हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनिल थापा, माओत्से गुरुङलगाएत फिचर्ड छन् ।‘प्रेमगीत–३’ (अ फर्बिडन लभस्टोरी)लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।
फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।वर्षकै बहुप्रतिक्षित ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापालगाएतको मुख्य भूमिका रहेको छ ।